काठमाण्डौ, २७ जेठ
विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।
राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।
ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए ।
यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।
यता, काठमाण्डौंको ईट्टा भट्टामा काम गरेर फर्कीएका १२ जना यात्रु देउखुरीको लमहीमा अलपत्र छन् । सतवरीया त्रिशुलधारी जान हिडेका उनिहरु गाडी नचल्दा लमहीमा अलपत्र परेका हुन् ।।
