काठमाण्डौ, २७ जेठ
पूर्वसभासद रामशीला ठाकुर घरबेटीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । आफ्ना सहयोगीलाई जबर्जस्ती डेराबाट निकाल्न खोजेपछि सम्झाउन गएका बेला ठाकुर घरबेटीको आक्रमणमा पर्नुभएको हो । feature
ठाकुर नेकपा संयुक्तबाट सभासद् हुनुभएको थियो । आफ्ना सहयोगी अरुण ठाकुरलाई बिनासूचना निकाल्न खोजेपछि सम्झाउन गएका बेला घरबेटी कल्पना ढुंगानाले हातपात गरेको रामशीलाले बताउनुभयो ।

उहाँको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, हात र खुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको छ । पहिलो संविधानसभा विघटनपछि ठाकुर नयाँ बसपार्कमा ब्युर्टीपार्लर सञ्चालन गर्दै आउनुभएको थियो ।

सभासद् हुनुअघि पनि उनी गृहजिल्ला महोत्तरीमा कपाल काट्ने व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । कपाल काट्दा काट्दै सभासद् भएको भन्दै कतिपयले उनलाई खिसीट्युरी गरेका थिए । ‘मेरो स्टाफलाई बिनासूचना घरबाट निकाल्न खोजेपछि सम्झाउन गएको थिएँ’, ठाकुरले भन्नुभयो, ‘ तँ को होस् भन्दै मुखमा जे आयो त्यही शब्द बोलेर बियरको बोत्तल र सिसाले हानिन् ।’