दीपबहादुर घर्ती
जाजरकोट, २७ जेठ ।
सञ्चालनमा आएका जिल्लाका सरकारी कार्यालय सरसफाईमा जिल्ला निर्वाचन कार्यालय प्रथम भएको छ । १७ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले गरेको सरसफाइ अनुमगनवाट जिल्ला निर्वाचन कार्यालय प्रथम भएको हो ।safa
कार्यालयको सरसफाई अनुगमनवाट १९ दशमलव ५ अंक प्राप्त गरेर जिल्ला निर्वाचन कार्यालय सरसफाईमा प्रथम भएको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव तथा अनुगमन समितिका संयोजक ईन्जिनियर महेशी महतोले जानकारी दिनुभयो ।
महतोले दिएको जानकारी अनुसार १८ दशमलव ५ अंक प्राप्त गरेर सरसफाईमा जिल्ला कृषि विकास कार्यालय द्धितिय भएको छ भने, १८ अंक प्राप्त गरेर सिंचाई विकास डिभिजन कार्यालय तृतीय भएको छ । त्यसै गरी सवै भन्दा कम अंक प्राप्त गर्नेमा नेपाल टेलीकम शाखा कार्यालयले ४ दशमलव ५ अंक प्राप्त गरेको छ ।

त्यसैगरी ५ दशमलव ५ अंक प्राप्त गर्नेमा सरकारी वकिल कार्यालय रहेको छ । ७ दशमलव ५ अंक प्राप्त गर्नेमा कोष तथा लेखा नियन्त्रक कार्यालय रहेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयले ११ अंक, जिल्ला शिक्षा कार्यालयले ११ दशमलव ५, भेरीमालिका नगरपालीका र जिल्ला वन कार्यालयले १२ दशमलव ५, जिल्ला प्रहरी कार्यालयले १३, जिल्ला नापी कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले १३ दशमलव ५ अंक प्राप्त गरेका छन् ।

त्यसैगरी १५ अंक प्राप्त गर्ने कार्यालयहरुमा जिल्ला मालपोत, जिल्ला कारागार र नेपाल बैंक लिमिटेड रहेका छन् । १५ दशमलव ५ अंक प्राप्त गर्नेमा नेपाल खाद्य संस्थान र महिला तथा वालवालिका कार्यालय रहेका छन् । १६ अंक प्राप्त गर्नेमा जिल्ला स्वास्थ्य, जिल्ला हुलाक, जिल्ला पशु सेवा कार्यालय रहेका छन् ।।