इन्द्रेणी संवाददाता
रुकुम, २७ जेठ
रुकुमको चौरजहारीमा हात्तीसार लामा बगर सिचाई नहर तथा लघुजलविद्युत आयोजनाको निर्माण कार्य सुरुभएको छ ।लामाबगर लगाएत आसपासको करिव १४ हेक्टर वाँझो जमिनमा सिचाई नहर तथा लघुजलविद्युत उत्पादन गर्ने उद्देश्यले आयोजनाको निर्माण कार्य थालिएको हो ।
चौरजहारी नगरपालिका ५ स्यालखोला हात्तीसार देखि सोही वडाको लामा बगर सम्मको करिव डेढ किलोमिटर लम्वाई रहेको ठाउँसम्म नहर निर्माण कार्य थालनी गरिएको उपभोक्ता समितिका अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिनुभया ।
चौरजहारी नगरपालिकावाट विनियोजित २० लाख र संसद विकास कोष वाट १५ लाख गरी ३५ लाख रुपैयाँ निर्माण कार्यका लागी छुटयाईको छ । आगामी वर्ष निर्माण म्पन्न गर्ने लक्ष्य राखिएको सिचाई नहर तथा लघुजलविद्युत आयोजनामा करिव २ करोड रकम खर्च गरिनेछ ।
जहारी खोलाको सवैभन्दा तल्लो छेउ वाट नहर निर्माण कार्य सुरु गरीएकोले वाह्रै महिना विद्युत आपुर्ति तथा सिचाई हुने अनुमान गरिएको छ । उक्त सिचाई नहर तथा विद्युत आपुर्ति सेवा वाट चौरजहारीवासी लाभान्वित हुने स्थानीय तिलक भण्डारीले जानकारी दिनुभयो ।।