काठमाडौं, ३ साउन । हिजो मात्रै हो नवनियुक्त प्रधानन्यायाधीशमा गोपाल पराजुलीले सपथ लिएको । सपथसँगै उनले न्यायीक क्षेत्रमा केही नयाँ गर्न खोज्दैछन् ।
नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले अव अनलाइनबाटै अदालतमा म्याद तामेली गर्न सकिने उपायको खोजी गर्ने बताएका छन् । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेपछि उनले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘सूचना प्रविधिको प्रयोग गरी अनलाइनबाटै म्याद तामेली, तारेख कम खर्चमा गर्न सकिने, असहाय मानिसलाई अदालत शुल्क नलिए हुन्छ कि, कसरी न्यायिक सुधार गर्न सकिन्छ भन्नेतर्फ सोचेको छु’ प्रधानन्यायाधीश पराजुलीलले भने ।
आजको अन्नपूर्ण पोष्टमा लेखिएको छ आफूले न्यायिक सुधारसम्बन्धी ३९ बुँदे कार्ययोजना तय गरेको र सोहीअनुसार काम गर्ने उल्लेख गर्दै अदालत र बार एशोसिएसनबीच आपसी छलफलबाट काम गर्ने उनको भनाइ थियो ।
‘जता गयो त्यतै गुनासो छ, न्याय ढिला भयो, ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह हो भन्ने तर संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्नेछु’ प्रधानन्यायाधीश पराजुलीले भने ।