लक्ष्मण रसाईली
जाजरकोट ३ साउन । जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका ३ मा काठको पुल भाचिदा ४३बर्षिय बल बहादुर परियारको मृत्यु भएको छ । त्रिबेणी नलगाड नगरपालिकाको टट्टा – बास्कोटी जोड्ने सांगटा खोला पुल भाँचिदा परियारको मृत्यु भएको हो।

kathe pul vachiyo

त्रिबेणी नलगाड नगरपालिका ३को करुवा घर भएका बल बहादुर परियार सोमबार दिउँसो घरबाट कैना अस्पताल आउने भनेर आफ्नी श्रीमती संगै आउदै गर्दा सो काठको पुल भाँचिएर घटना भएको हो।र परियारको करिब १५००मिटर तल कैना बजार नजिक खोलाको बिचमा लास फेला पारिएको छ।

20117172_453632925009981_174171955085628576_oराज्यबाट जति सुकै बिकासका नाममा बजेड प्रस्तुत गरेपनी स्थानीय स्तरका निर्माण भनै उस्तै रहेका छन।बर्षातको समयमा सास्ती डर त्रास खेप्नु परेको यस खोलामा जेनतेन आवतजावत गर्न बनाईएको काठको पुल भाचिएर सो घट्ना भएको छ।र परियारको लास अहिले पोस्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र दल्ली पठाईएको छ।