इन्द्रेणी संवाददाता
तुलसीपुर, २ साउन । तुलसीपुर उपमहानगरपालिकामा कार्यपालिका गठन भएको छ ।

tulsipur nagarpalikaआज सोमबार सम्पन्न निर्वाचनबाट दलिततर्फ एमालेका देवराज विश्वकर्मा र माओबादी केन्द्रका अमर नेपाली र अल्पसंख्यकबाट एमालेका दिपक कुमाल कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

त्यसैगरी महिला सदस्यमा चित्राकुमारी मल्ल, तिला परियार, जानका रेग्मी, शान्ता पुन मगर र सुशीला बुढाथोकी निर्वाचित भएका छन् ।
कार्यपालिकामा मेयर, उपमेयर, सबै वडाका वडा अध्यक्षहरु रहने छन् ।