इन्द्रेणी संवाददाता
दाङ, २ साउन । दाङमा एकवर्षमा सवारी दुर्घटनामा ७७ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय दाङको तथ्याङअनुसार गएको आर्थिक वर्ष २०७३÷७४ मा साना ठूला सवारी साधन दुर्घनाबाट ५६ पुरुष, ११ महिला, ६ बालक र दुई जना वालिकाले ज्यान गुमाएका छन् ।

accidentसो आर्थिक वर्षमा जम्मा १४० वटा सवारी दुर्घटना भएको ७७ जनाले ज्यान गुमाएको र १२० जना गम्भीर घाइते र १०१ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान लालबहादुर देउवाले जानकारी दिएका छन् ।

त्यसैगरी गएकोे आर्थिक वर्षमा ट्राफिक नियम उलंघन गर्ने २८ हजार ४ सय ७९ वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सो क्रममा १ करोड ७५ लाख ९ हजार ५ सय राजस्व संकलन भएको बताइएको छ । जसमध्ये सबैभन्दा वढी मोटरसाइकल कारवाहीबाट ६८ लाख ५ हजार ५ सय राजस्व संकलन भएको छ ।

जिल्लामा चालकको लापरवाही, सडकको अवस्था, पैदवयात्रीहरुको कम्जोरीलगायतका कारण नै सडक दुर्घटनाका मुख्य कारक तत्व भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्ले बताउछन् ।