माधव बेल्वासे
चन्द्रौटा, १ असार । कपिलवस्तुको कृष्णनगरवाट एक वर्षको अवधिमा १०६ जना चेलिहरुलाई उद्धार गरिएको छ । महिला वेचविखनमा सक्रिय भुमिका खेलेका १२ जना लाई जेल चलान गरिएको छ । के आई नेपाल शाखा कार्यलय कपिलबस्तुले आर्थिक बर्ष ०७३∕७४ मा सिमा निगरानी तथा सोधपुछ गर्ने क्रममा बिभिन्न समयमा नियन्त्रणमा लिएका केशहरु जिल्ला अदालत कपिलबस्तुबाट फैसला गरि १२ जनालाई जेल चलान गरेको छ ।
सिमा निगरानी संगै घरमा कुनै जानकारि नदिई भारत तर्फ विभिन्न बहाना बनाएर जाने चेली हरु १०६ जनालाई सुर्िरक्षत साथ उद्धार गरेको छ । उद्दार गरिएका ८ जना चेलीहरु जो अत्यान्त आर्थिक अबस्था कमजोर भएकालाई केआई नेपालले आत्मनिर्भरको लागि चितवन सेफ होम पठाएको छ ।
केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले करिब १ दशक कृष्णनगर सिमा क्षेत्रमा रहि काम गर्ने शिलशिलामा यस बर्ष मानब बेचबिखनमा संलग्न गिरोहहरुले यस नाकालाई बढि प्रयोग गरेको पाइएको केआई नेपालका जिल्ला संयोजक केसर बिशकर्माले जानकारि दिए ।सिमामा रहि मानब बेचबिखन बिरुद्ध काम गर्ने क्रममा नेपालबाट भारत जादै गरेका ३ हजार ४सय ८१ जना चेलीहरुलाई मानब बेचबिखन तथा लैंगिक हिंसा बाट सजग रहन र सचेत हुनका लागि परामर्श प्रदान गरिएको संयोजक बिशर्काले बताए ।
केआई नेपाल शाखा कार्यलय कपिलबस्तुले कृष्णनगरको सिमा नाका र यात्रुगेटमा बिहान देखि बेलुकि सम्म सिमा निगरानीमा गरिरहेको छ ।यसरि सिमा निगरानीबाट नियनत्रणमा आएका बिचौलियाहरुलाई इलाका प्रहरि कार्यलय कृष्णनगर र असथाई प्रहरि चौकि ंिलगेटको पुर्ण सहयोग बाट धैरै अभियुक्त हरुलाई नियन्त्रणमा लिन सकेको बिशकर्माले बताए ।
