तुलसीपुर १ साउन ।  जीवन प्रेमी मेडिकल र स्कुलका संस्थापक बिरेन्द्र कुमार पुनको पहिलो बार्षिक पुण्य तिथिमा आईतबार बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको छ ।

20182373_755323641322232_1109100962_o

जीवनभर समाज सेवामा तल्लिन रहेका पुनको पुण्य तिथिका अबशरमा बृद्धसेवा समिति तुलसीपुरमा आबद्ध बृद्धबृद्धाहरुलाई एक कार्यक्रमकाबीच फलफुल वितरण गरिएको हो । पुनकी श्रमतीहरु त्ुालसा कुमारी पुन, श्रीमाया पुन, गिरा पुनलगायत ज्वाई बसन्त शाही ठकुरीले बिरेन्द्र कुमार पुनको पुण्य तिथिमा फलफुल वितरण गरेका हुन् । बृद्धसेवा समितिमा आबद्ध ६० जना बृद्धबृद्धालाई फलफुल वितरण गरिएको हो ।

वृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पुनकी श्रीमती तुलसा कुमारी पुनले श्रीमानको सम्झना स्वरुप बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरिएको बताईन् । कार्यक्रममा पुनकी श्रीमतीहरु तुलसा कुमारी पुन, श्रीमाया पुन, गिरा पुन, ज्वाई बसन्त शाही ठकुरी, जीवन प्रेमी स्कुलका शिक्षक महेन्द्र खरेल, नेपाल पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारी, बृद्धसेवा समितिका सल्लाहकार माधब लामिछाने, निबर्तमान अध्यक्ष भुबनेश्वर आचार्य,लगायतले समाजिक कार्यप्रति प्रशांसा गरेका थिए ।

पुन तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको जीवन प्रेमी मेडिकल र ९ मा रहेको जीवन प्रेमी एजुकेयर एकेडेमीका संस्थापक हुन् । यसैबीच पुनको पहिलो बार्षिक पुण्य तिथिका अबशरमा जीवन प्रेमी एजुकेयर एकेडेमीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

एकेडेमीमा एक कार्यक्रम गरी बिद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । पुनकी श्रीमती तुलसी कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक महेन्द्र खरेलले गरेका थिए ।

यस्तै पुनको स्मृतिमा प्रत्येक बर्ष साउन १ गते जीवन प्रेमी एजुकेयर एकेडेमी बन्द गर्ने समेत निर्णय भएको स्कुलका निर्देशक बसन्त शाही ठकुरीले बताए ।