हेमन्त के सी
सावन १ जाजरकोट । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नपाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।

sarshpai

साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा वनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना वोेकेको नपा मध्य यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल निर्मम भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अव वन्ने योजना वस्तुवादी वनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि सावन ७ गतेलाई वैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँ गाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् ।

योजना वनाउदा अपनाउनु पर्ने विधी प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई वुझाउन सावन २ गते देखि विज्ञ वोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले वताए । आज सम्म नेताले टिपाएकै भरमा योजना वनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै विचवाट आउनु पर्ने उनको भनाई छ । नगरपालिकामा ईन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना ( ४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यहि नपा भित्र पर्दछन् ।