तुलसीपुर १ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आइतबार सम्पन्न सर्वपक्षिय छलफल कार्यक्रमले तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । बजारक्षेत्रलाई कोलाहल न्युनिकरण गरी ध्वनी प्रर्दुशन कम गर्न यही साउन ११गतेदेखि लागु हुने गरि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
तुलसीपुर बजार क्षेत्रमा स्थापित उद्योगी, व्यवसायी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर, नागरिक समाज, पत्रकार लगाएतको उपस्थीतीमा भएको छलफलले बजार क्षेत्रमा अव्यवस्थीत तवरले राखिने मोटरसाईक र अटोरिक्सा पार्किंङको व्यवस्थापन गर्न साउन २ गते सोमबार ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा स्थलगत निरिक्षण गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको छ ।
त्यसैगरी छलफलले बजारक्षेत्रमा विहानको अफीस समयमा हुने सवारी आवागनको चापलाई थप व्यवस्थीत गर्न बजार क्षेत्रमा हुदै आएको मालवहाक गाडी लोड अनलोडको निश्चित समय निर्धारण समेत गरेको छ । जसअनुसार साउन ११ गते देखी लागु हुने गरी विहान ९ बजेदेखी ११ बजे सम्म कुनै पनि मालवहाक गाडी लोडअनलोड गर्न नपाउने निर्णय गरेको वडा अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।