काठमाडौं, १ साउन । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार मुद्दा दायर गरेको छ।

indd१० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै अख्तियारले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।
अख्तियारले मुद्दा दायर गर्नेमा शर्मासहित कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल छन्।

अख्तियारले लगाएको आरोप पुष्टि भएमा आरोपीहरुले विगो र जरीवान गरेर ३३ अर्ब हारारीको रकम बुझाउनु पर्नेछ । अख्तियारले आइतबार मुद्दा दर्ता गरेकामध्ये शर्मा हिरासतमा छन् ।