इन्द्रेणी संवाददाता
दाङ, १ साउन । पाँच वर्षमा दाङबाट करीव ४२ हजार युवाहरु विदेशिएका छन् । रोजगारीको शिलशीलामा वितेको पाँच वर्षमा जिल्लाबाट ४२ हजार ५ सय ५३ जना युवाहरु विदेशिएको जिल्लामा बैदेशिक रोजगार सम्बन्धी काम गर्दै आएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवाशन (सामी) परियोजना बताएको छ ।

222पाँच वर्षको अवधिमा जिल्लाबाट सबैभन्दा वढी पुरुष ४१ हजार ६ सय एक जना विदेशिएको परियोजनाका संयोजक किरण पोख्रेलले जानकारी दिए । त्यस्तै ९ सय ४३ जना महिला पनि रोजगारका लागि विदेशतिर गएका छन् ।

२०६८ सालको जनगणना अनुसार जिल्लाबाट ४३ हजार १ सय ६० जना युवा विदेशमा रहेको तथ्याङक सार्वजनिक भएको थियो । तर पछिल्लो पाँच बर्षको अबधीमा दाङमा ९० हजार २ सय ५० जनाले राहदानी बनाएका छन् । तीमध्ये ४२ हजार ५ सय ५३ जनाले श्रमस्विकृती लिएर विदेशतिर लागेको परियोजनाको तथ्याङमा उल्लेख छ ।