रामेछाप १ साउन । रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानाको छत्तिउने खोलामा आएको बाढिले बगाउँदा १ जनाको मृत्यु र ४ जना बेपत्ता भएका छन् ।
स्थानिय गणेश दाहालले दिएको जानकारी अनुसार गए राति आएको बाढीले मृत्यु हुनेमा ७५ बर्षिय बालकुमारी खत्रि रहेको छ । बाढीले बेपत्ता हुनेमा४५ वर्षीय असोक तामाङ,१३ वर्षीय ममिला तामाङ,५५ वर्षिय सुमन कुमारी खत्री र ४० वर्षीय बासु कार्की रहेका छ्न।घाइते हुने ७ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि राजधानी,काठमाडौ लगिदै छ ।
उद्वारकार्यको लागि जिल्ला प्रहरी,नेपाली सेना,नेपाल रेडक्रस, विभिन्न संघ सस्था र स्थानीय तथा समाजसेवी हरु घटना स्थलमै रहेका छन । घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।
