दाङ, असार ३१ । नेकपा माओवादी केन्द्रले तुलसिपुर उपमहानगरपालिका ६ राजापुरमा श्रदाञ्जली सभा सम्पन्न गरेको छ । नेपाल रााष्ट्रिय दलित मुुक्तिमोर्चा दाङका उपाध्यक्ष गोपाल नेपाली एवं दलित महिला एकता केन्द्रका लेखा अधिकृत गोपाल नेपालीकी आमा तुलसी नेपालीको स्मृतिमा शोकसभा सम्पन्न गरेको हो ।

20024020_1346535212134395_3536709171111828928_o

उहाँको निवास राजपुरमै पुगेर माओवादी केन्द्रले सभा सम्पन्न गरेको हो ।त्यस अबसरमा बोल्दै माओवादी केन्द्र तुलसिपुर उपमहानरपालिकाका ईञ्चार्ज रामजी चौधरी मिलनले समाज परिर्वनका लागि स्वर्गीय आमा तुलसी नेपालीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । समाजका उहाँको परिवारले अतुलनीय योगदान पु¥र्याएको भन्दै उहाँको मृत्यु पहाड जस्तै उच्च रहेको वताउनुभयो । त्यस अबसरमा बोल्ने अन्य बक्ताहरुले समाजमा मृत्युपछि बा आमा प्रति गरिने श्रद्धा,भावको कुनै औचित्य नहुने वताएका थिए ।

जिउदो हुदा सम्म वेवास्था गर्ने छोरा छोरीले मृत्युपछि गरिने सस्कारबाट मृत आत्माले शान्ति नपाउने वताउनुभयो । मृतकका छोरा गोपाल नेपालीको स्वागत मन्तव्य बाट सुरु गएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका तुलसी महतरा, वडा नं. ७ का अध्यक्ष के.एल भण्डारी, वाई सिएल दाङका अध्यक्ष अमर नेपाली (माईकल) दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला गुप्ता, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले वोल्नु भएको थियो । जेठा छोरा दिपक नेपालीको अध्यक्ष शोकसभा सम्पन्न भएको थियो ।