
काठमाडौं, २७ जेठ। उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ जनवादी गणतन्त्र चिनको निमन्त्रणामा चिन भ्रमणमा जाने भएकाछन । नेपाल सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको चीन भ्रमणलाई स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुनको चीन प्रमण स्वीकृत गरेको हो । पुन यही जेठ २८ गतेदेखि असार २ गतेसम्म चीनको औपचारिकमा जाँदैछन् ।
