रेखा मगर
दाङ, २७ जेठ
विप्लव माओवादीको नेपाल वन्दका कारण आज विहानैदेखि जनजीव प्रभावित भएको छ ।
वन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् भने वजार, स्कुल कलकारखाना पनि प्रभावित भएका छन ।
जनघात र र ाष्ट्रघातबिरुद्धका संघर्षमा गिर फ्तार गरि एका ने ता तथा कार्यकर्ताको रि हाइ र झूटा मुद्दा खार े जीको काम गर्दै बन्द आह्वान गर े को माओवादीले जनाएको छ ।
ने कपा माओ वादी दाङका से क्रे टर ी बलबहादुर ओ ली ‘शीतल’ ले आफ्ना ने ता तथा कार्यकर्ताहरुलाई गिर फ्तार गर्ने , झूटा मुद्दा लगाउने र जे ल हाल्ने काम सर कार ले गर े को भन्दै त्यसको विरोधमा आजको नेपाल वन्द आयोजना गरिएको जानकारी दिनुभयो ।
वन्दका कारण सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् ।
आज अत्यावश्यक सवारी साधन, पे्रसका गाडी, हस्पिटल, होटलहरु सन्चालनमा आउन दिने सेक्रेटरी शितलले वताउनुभयो ।
फाट्टफुट्ट मोटरसाइकल चलेपनि अन्य सवारी साधन चल्न सकेका छैनन ।
दाङका वजारहरु सुनसान जस्तै छन । यसैविच, विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका क्रममा एउटा ट्याक्सीमाथि तोडफोड भएको छ ।
राजधानीको कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
बिहान कलंकी जान ट्याक्सी रोकेका दुई जनामध्ये एकले वार्गे्निङ गरेको र अर्को व्यक्तिले ट्याक्सिमा पेट्रोल खनाएर आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीका कारण ट्याक्सीमा क्षति पुगेको छ ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादीको आजको नेपाल
बन्द विहान ५ बजेदेखि साँझ ६ बजे सम्म कायम रहने छ ।।