देउखुरी, २६ जेठ । अपाङ्गतता भएका व्यक्तिहरुका लागि–तीन दिने मैनबत्ती बनाउने तालिम मंगलवार देखि सिसहनियाँ गाविस कार्यालयमा सुरु भएको छ । अपाङग समन्वय समिति सिसहनियाँको आयोजना एव सिसहनियाँ गाविसको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
समितिका अध्यक्ष सुशिला सुवेदीको अध्यक्षतामा भएको तालिमको गाविस सचिव मंगलप्रसाद चौधरीले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सिपमुलक तालिमको माध्यमबाट अपाङगत भएका व्यक्तिहरुको सिप विकास हुने बताएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राप्रपा नेपालका टेकबहादुर कार्की, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य, प्रशिक्षक गणेश चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सिसहनियाँ गाविसका ९ वटै वडाका १५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा समितिका कोषाध्यक्ष गणेश चौधरी रहनु भएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।