तुलसीपुर,२६ जेठ । मेडिकल ल्याब्रोटरी सोसियसन अफ नेपाल –मेलान केन्द्रिय समिति र जिल्ला कार्यसमिति दाङको संयुक्त रुपमा ११ औं स्थापना दिवस मनाएका छन । स्थापना दिवसका अवसरमा अवसरमा बुधवार तुलसीपुरमा रक्तदान समेत गरिएको छ । कार्यबहाक जिल्ला अध्यक्ष जे.पि. वलीको अध्यक्षतामा भएको कार्यक्रममा मेलानका केन्द्रिय सदस्यहरु सुरज ज्ञवाली, बेगम चन्द, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजाल, डा. सुबोध रेग्मी, माधवराज चौधरी, प्रकाश श्रेष्ठ, राजेशराज डागी लगायतका २३ जनाले रक्तदान गर्नुभएको थियो ।

2 (1)जिल्ला सदस्य बुद्धि सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती अञ्चल अस्पतालका मेसु डा. भोलाराम श्रेष्ठ,तुलसीपुर उद्योग बाणिज्य सघका अध्यक्ष बिमल रिजाल, केन्द्रिय सदस्यहरु सुरज ज्ञवाली , बेगम चन्द, तुलसीपुर नगर जेसिजका अध्यक्ष सुर्य प्रसाद शर्मा, परमानन्द भण्डारी, राप्ती अञ्चल औषधी व्यावसायी समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, दाङ टेक्निकल कलेजका प्रधानाध्यापक दोर्ण ओली लगायतकाले बोल्नुभएको थियो । मेलान दाङका सस्थापक सचिव संगित बस्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष खुमानसिंह वलीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।