13256034_538701856337004_258775418151440359_nतुलसीपुर २६ जेठ । रेडियो प्रकृति एफएमले संचालन गरेको विकास पत्रकारीता तालिमको बधवार समापन गरिएको छ । तालिमको समापन अबसरमा बोल्दै संसाद अनाकली मियाँले समाजमा हुने विकृतिका विरुद्ध पत्रकारले कलम चलाउनु पर्नेमा बताउनु भएको छ ।

समाज परिवर्तनको सम्वाहक पत्रकारहरु भएकाले जिम्मेवारी बोधका साथ समाचार संकलन सम्पे्रषणमा लाग्नु पर्ने उहाँले बताउनुभयो । रेडियो संचालक समितिका कार्यबाहक अध्यक्ष खगेन्द्रप्रसाद पोख्रेलको अध्यक्षातमा भएको कार्यक्रममा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वली, रेडियोका स्टेसनम्यानेजर संगित बस्याल, पत्रकार दुर्गालाल केसी, सहभागीको तर्फबाट खिमराज भण्डारी, सुशिला केसी, लगाएतले बोल्नु भएको थियो ।

तीन दिन सम्म संचालन भएको तालीमको प्रशिक्षकमा रेडियो प्रकृतिका स्टेसनम्यानेजर संगित बस्याल, समाचार सम्पादक ओपेन्द्र बस्नेत, प्राविधिक प्रमुख माधव कडेल, कान्तिपुर दैनिक उपसम्पादक दुर्गालाल केसी, प्रेस चौतारी नेपालका जिल्ला सचिव बसन्त विवश आचार्य, नाटककार सरोज केसी रहनु भएको थियो । तालिमा राप्तीका विभिन्न जिल्लाका ६५ जनाको सहभागीता रहेको थियो ।