दाङ, २६ जेठ । दाङमा पहिलो पटक आयोजना गरिएको राप्ती अञ्चल स्तरिय स्नुकर च्याम्पीयनसिप प्रतियोगीताको उपाधी प्रशान्त भण्डारीले हात पार्नुभएको छ । वुधवार भएको फाईनल खेलमा भण्डारीले उपाधी हात पार्नुभएको हो । प्रतियोगीतामा कमल डाँगी फस्ट रनरअफ र प्रदिप बोहरा सेकेण्ड रनरअफ हुनुभएको छ । दाङ शोसाईटी क्लबको आयोजना एवं घोराही स्नुकर हाउसको सहआयोजनामा भएको प्रतियोगीताका बिजेताहरुलाई क्रमशः २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र एवं द्धितियलाई नगद १५ हजार, मेडल र प्रमाणपत्र र तृतीय हुने खेलाडीहरुलाई नगद १० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
दाङ जिल्ला स्नुकर संघका अध्यक्ष बिमलमान श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी,जिल्ला प्रहरी कार्यालय दाङक निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्मा, शसस्त्र प्रहरी कारागार सुरक्षा कार्यालय घोराहीका प्रमुख जीवन भण्डारी, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष रोशनमान श्रेष्ठ, नेपाल पत्रकार महासघका सल्लाहकार सविन प्रियासन लगायतले मन्तव्य राख्नुभएको थियो । क्लबका उपाध्यक्ष उमाकान्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष निरज गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्लबका महासचिव कुलराज पोख्रेलले गर्नुभएको थियो । ‘राज्यका हरेक स्तरमा युवा सहभागीता, भातृत्व विकासकालागी स्नुकर प्रतियोगीता’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगीतामा राप्ती अञ्चलका २२ जना खेलाडीहरुबीच प्रतिष्पर्धा भएको थियो ।
प्रतियागीता समापन कार्यक्रमका अवसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । जसमा दंगाली गायक एवं सञ्चारकर्मी देवेन्द्र बस्नेतले गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै बि फ्रीडम डान्स एकेडेमी नारायणपुरका कलाकारहरु भुपेन्द्र नेपाली, मनोज श्रेष्ठ, गोपाल डाँगी, भुवन चौधरी, उर्मीला केसी लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो । यस्तै लेट्स डान्न एकेडेमी घोराहीका कलाकारहरुले नृत्य र द होराईजन ब्याण्ड घोराहीका कलाकारहरुले गीत प्रस्तुत गर्नुभएको थियो ।