काठमाडौ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । देउवा राप्रपालाई उपप्रधानमन्त्रीसहित चार मन्त्री दिएर मन्त्रीपरिषद विस्तारको तयारीमा रहेको स्रोतले बताएको छ ।

Untitled-1 copyप्रधानमन्त्री देउवा सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापालगायतका नेतासँगको सामुहिक तथा छुट्टाछुट्टै छलफलपछि राप्रपालाई समेत सरकारमा सहभागि गराउन सहमत भएका बताइएको छ । प्रचण्ड थाइल्यान्डबाट फर्केलगत्तै अर्थात साउन ४ गते मन्त्रिपरिषद विस्तार गर्नेगरी गृहकार्य भईरहेको स्रोतले जनाएको छ ।