इन्द्रेणी संवाददाता
दाङ ३० , असार । लिटल एञ्जल स्कुलमा International School Award- २०१६ का लागि तयार पारिएका सामाग्रिको पर्दशन गरिएको छ । अवार्डका लागि बिभिन्न एघार परियोजना अअन्तर्गत तयार पारिएक सामाग्रीहरुको एक कार्यक्रमका बीच प्रर्दशन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप किरण आचार्यको अध्यक्षता तथा प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष रेशम बहादुर बुढाको प्रमुख आतिथ्यता एबं स्रोत व्यक्ति राम प्रसाद जैसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सामाग्री प्रर्दशन गरिएको थियो । त्यस अबशरमा बिद्यार्थीहरुले तयार पारेका र आफुले सिकेका विषयगत अनुभवहरु समेत बाँडेका थिए ।
विद्यार्थी केन्द्रीत शिक्षण पद्धतीलाई प्रोत्साहन गर्ने उद्देश्यले व्रिटिश काउन्सील नेपाल लैनचौरले सञ्चालन गरेको उक्त अवार्डमा परीयोजनामा आधारीत विषयगत शिक्षण विद्यालयमा गराइन्छ । यसको प्रतिवेदन तयार परी निर्धारीत नीति नियममा रही विद्यालय प्रतिस्प्रधामा सहभागि हुन्छ, सोही अनुसार लिटिल एञ्जल स्कुल प्रतिस्पर्धामा सहभागी हुँदैछ ।
त्यस अबसरमा विद्यालयका प्रधानाध्यापक यादव गिरीले आफ्नो बिद्यालयले पनि एघार वटा परीयोजनामा कार्य गरेको बताए । जस अन्तर्गत ३ वटा परीयोजना श्रीलङकाका विद्यालयहरुको सहकार्यमा सम्पन्न भएका छन भने २ वटा परीयोजना फ्रान्सेली नागरीक लिया संगको सहकार्य र अन्य छ वटा स्थानीय तथा राष्ट्रिय स्तरका विद्यालयसंगको सहकार्यमा सम्पन्न भएको गिरीले बताए । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न महत्वपुर्ण भुमिका रहने पनि उनको तर्क थियो ।
सो समारोहमा अभिवादन , सांस्कृतिक अन्तरघुलन , पर्व, श्रव्य दृष्य , वृक्षरोपन , हातेपंखा , कागजकला , परम्परागत खेति, सञ्चार ग्लोवलाइजेसन र ल्यान्ड फिल्ड साइट गरी जम्मा एघार वटा परीयोजनामा विद्यालयले कामगरेको गिरीले बताए । प्रत्येक परीयोजनामा शिक्षक, विद्यार्थी तथा अभिभावकको सहकार्य रहने हुदा यसको उपलव्धि परम्परागत शिक्षण भन्दा धेरै रहने समारोहमा सहभागि वक्तताहरुले वताएका थिए ।
उक्त अवार्डमा भाग लिने हो भने विषयगत सिकाईमा परीवर्तन संंगै विद्यालयमा गरीने परीयोजनामा आधारीत शिक्षणले पाठ्य सिकाई उपलव्धि माथि उठ्ने कुरामा बक्ताहरुको जोड थियो ।
परीयोजना कार्यमा विद्यार्थीको सहभागिता सत प्रतिसत रहने हुदा यस प्रकारको पद्धती वाट सिकाइ उपलव्धि प्रभावकारी रहने विद्यालयका आई.एस.ए. कोअर्डिनेटर पूर्णचन्द्र गिरीले वताए । विद्यालयका सहायक प्राचार्य विमल कुमार रोकाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक समथिङ सेन ठकुरीले गरेका थिए ।