असार २९ । सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाटज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् ।

saudi

लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरुयमराज जस्ता कपिल ९मालिक०को पञ्जाबाट ज्यान जोगाउनु नै ठुलो कुरा सम्झेर आज विहान ९ बजे साउदी अरबबाट एयर अरबिया जहाजमार्फत नेपाल फर्केका हुन । आज राती ८।३० बजे नेपाली भूमिमा अवतरण गर्ने छन् । उनीहरुलाई नेपाली साझा मंच र साथी अभियानकोसक्रियता र समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि रमेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका हुन् ।

ती युवाहरुका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर ूतिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु१ू भनि कपिलले बारम्बारधम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरुको घरमा काम लगाउने साथै कुटपिट गरिरहने गर्दथे । त्यस्तो उत्पीडन सहननसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केका हुन ।

गत विहिबार १ बजे राती कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छेस् किजान्नस् भनि सोध्दा खाना र तलब नदिएसम्म जानौ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छेस् जा । फर्केर आईस्भनेर मारेर फालिदिन्छु” भनेर पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो । त्यसपश्चात् उनीहरु शुक्रबारविहान अन्य व्यक्तिको साहारा र मंचका साथीहरुको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मंचका साउदी संयोजक कृष्ण पुरीलेउनीहरुलाई खान बस्नका लागि मेनपावरका कापरीसंग समन्वय गरेर त्यहाँ व्यवस्था गरेका थिए ।

तलब माग्यो कि कुट्ने र मार्ने धम्की

एक वर्ष अघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका उनीहरुलाई कुटपिट गरेर लखेटेको त्यस कम्पनीले उल्टो कम्पनीछाडेर भागेको आरोप ९हुरुप० लगाई भगौडा करार गरिदिएका कारण उनीहरुले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न पनि सकेनन् ।

IMG_3962स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्ने गर्दछ ।“हाम्रा नेपालीहरुले बेर्खची भएर त्यतिका समय पर्खन सक्दैनन् बरु रित्तो हात फर्किनु ठिक हुन्छ” घिमिरे भन्छन् ।

“तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” उनीहरुले आँखाभरी आँशु पारे भने “घरमा भने काम नै छैन,कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्था भन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।” त्यहाँ पुराइएका उनीहरुलेअन्य कम्पनीमा काम गर्न पाउदा मात्रै अघाउञ्जेल खाना खान र आरामले सुत्न पाउँथे तर तलब भने पाउदैनथे ।

एक वर्षसम्म मानसकि–शाररिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्केका पीडितहरु भन्छन् “नोभेम्वरसम्ममा त्योपनि सम्झौताविपरितको काम गराएर उसैले तोकेको कम तलब पनि बल्लतल्ल तीन महिनाको दियो । डिसेम्बरदेखि भने एक हलाला दिएन, उल्टो कुटेरमारेर फ्याँकी दिने धम्कीले त्रसित भएर ज्यान बचाउने उपाय मात्रै सोच्यौ । कपिलको व्यवहार र तलब नपाएका सम्बन्धमा आएकैमहिनादेखि मेनपावर कम्पनीका प्रकाश अधिकारी र ऋषी शर्मालाई पटकपटक जानकारी गराएका हौ । नेपाल प्रहरीको हटलाईनमा पनिपटक पटक उजुरी गरेका हौ ।

“हुन्छ, हुन्छ, गर्छौ गर्छौ” भन्दै हामीलाई त्यस नर्कमा बस्न बाध्य तुल्याइयो, हाम्रो उद्धार भएन । जबहामीलाई सप्लाई गरेर काम गर्न अर्को कम्पनीमा दुई महिना अघि पठाइएको थियो, त्यसबेला त्यहाँका साथीहरु मार्फत नेपाली साझा मंचमाहाम्रो सम्पर्क भयो, त्योपनि जुनको अन्तिम समयमा । हाम्रो कम्पनीसंगको सम्झौता समाप्त भएर हामीलाई जुन २७ मा हाम्रै कम्पनीमाफर्काइदै थियो । साझा मंचका दाइहरुले हाम्रो समस्याका सम्बन्धमा भिडियो बनाएर मिडियामा प्रशारण गर्नु भएपछि मात्रै हामीलाईमेनपावरले सोधी खोजी गरेर उद्धार गरेको हो ।”

“हामी जाँदा लिएको ऋण पनि तिर्न सकेका छैनौ । हामीसंग ७०–८० हजार रुपैयाँ लिएर राम्रो कम्पनी भनेर पठायो तर कुकुरले नपाउनेदुःख पायौ । हामीलाई फसाउनेलाई कारवाही र हामीले क्षतिपूर्ति पाउनु पर्छ” उनीहरुले एउटै स्वरमा माग गरेका छन् ।

सकुशल फर्काउनु नै ठूलो कुरो

साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रुपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँशै बारुदको गन्ध आउनुअनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ । पीडितहरुका अनुसार उनीहरुको कपिल समेत खुँखार सरदार भएको रपटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाईते भएका रहेछन् । त्यहाँका घरहरु सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँसाउदी सरकारले सैनिकहरुको घेरामा मात्रै आफ्नो परियोजनाहरु संचालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारहरुलाईउद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारहरुमा उल्लेख छ ।