इन्द्रेणी संवाददाता
दाङ २७ असार । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गर्ने मुख्य योजनाकारलार्इ प्रहरीले पक्राउ गरेको छ ।

hatyaka mukhya yojanakar

हत्यामा संलग्न केहि व्यक्तिहरूलार्इ यस अघि नै पक्राउ गरि अनुसन्धान गर्दै जाँदा तिनीहरुको बयान अनुसार मुख्य योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका-११ का खुमबहादुर केसीलार्इ मंगलबार काठमाडौं र अर्का मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका ८ का भुपेन्द्र भण्डारीलाई तुलसीपुर बाट प्रहरीले पक्राउ गरेको हो ।  यिनी संगै प्रहरीले हत्यामा संलग्न १० जनालाई पक्राउ गरिसकेको छ ।