तुलसीपुर ,२५ असार । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले विशेष समारोहको आयोजना गरेर जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो । उपमहानगरपालिकाका मेयर र उपमेयर सहित १९ वडाका वडाअध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेकाथिए ।

meyar tulasipur

नवनिर्वाचित मेयर,उपमेयर र वडा अध्यक्षहरुलाई तुलसीपुरनिर्वाचनअधिकृत गणेश आचार्यले सपथ ग्रहण गराउनु भएको थियो भने वडा सदस्यहरुलाई मेयर घनश्याम पाण्डेले सपथगराउनु भएको थियो । सपथ ग्रहण समारोहलाई सम्बोधनगर्दै दाङकामुख्यनिर्वाचनअधिकृत चुरामन खड्काले जनअपेक्षाअनुसार कामगर्न जनप्रनिधीहरुलाई आग्रहगर्नुभयो । नवनिर्वाचित मेयर घनश्याम पाण्डेले सधै जनताप्रतिउत्तरदायीभएर कामगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफू अनियमितता,ढिलासुस्ती र भ्रष्टाचार विरुद्ध आफू सतिसालभएर उभिने पनिवताउनु भयो ।

नगरपालिकाजनताको घर भएको बताउँदै पाण्डेले तुलसीपुर उपमहानगरपालिकामा मुस्कान सहितको सेवाप्रदानगर्ने बताउनुभयो । चुनावमाएमालेको चुनाव चिन्हबाट मैदानमाउत्रिएपनिअबजनप्रतिनिधीभइसकेकाले सबैलाई समान रुपमा हेरेर नगरको विकास र समृद्धिमा लाग्ने वताउनु भयो । त्यसैगरी उपमेयर मायाआचार्यले आफू तुलसीपुर उपमहानगरपालिकाको विकासकालागिसधै प्रतिवद्ध भएको भन्दै सबैसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

सपथ ग्रहण समारोहमाबोल्दै एमाले दाङकाअध्यक्ष टिकाराम खड्काले उपमहानगरपालिकाको चुनावएमालेले जितेकाले विकास र समृद्धि ढोकाखोलेको बताउनुभयो । काँग्रेस दाङका सभापति कृतिबहादुर खड्काले आफ्नो पार्टीले विकासमा सहकार्य र कमजोरीको खबरदारी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममामाओवादी केन्द्रका रामबहादुर दहित,राष्टिय जनमोर्चाकाश्यामराजपोख्रेल,राप्रपाकायामेन्द्र वली, जनजागरण पार्टीकाजिल्लाअध्यक्ष टोप बहादुर महतरा, नेपाल सरकारकानिवृत सचिव रमेश कुमार अधिकारी,मानवअधिकार तथाशान्ती समाजका केन्द्रिय सचिव सुसील वस्नेत,नागरिक समाजदाङका संयोजक टिकाराम रेग्मीलगाएतले शुभकामनामन्तव्यव्यक्तगर्नु भएको थियो । निर्वाचन सहायकअधिकृत ललितबहादुर घर्तिको स्वागतमन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बालचन्द्र गौतमले गर्नुभएको थियो ।

मेयर र उप मेयरबाट पदभार ग्रहण
सपथ ग्रहण पश्चातमेयर घनश्याम पाण्डे र उप मेयर मायाशर्माले पदभार ग्रहण गर्नुभएको छ ।तुलसीपुरको पृुष्पवाटिकामा रहेको शहीद स्मारकमादियो वालेर विरुवा रोपेपछि उहाँहरुले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँहरुले पदीयमर्यादालाई ख्याल गरेर कामगर्ने वताउनु भयो ।