झापा, २५ असार । पूर्वप्रधानमन्त्री एवं  नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गरेर सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुनै नदिन षडयन्त्र गरिरहेको आरोप लगाउदै यो सत्तारुढ गठबन्धनलाई अपराधिको संज्ञा दिएका छन् ।

kp_oli_आज आईतबार गृह जिल्ला झापामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले राष्ट्रहितलाई बेवास्ता गरेर आफ्ना क्षणिक स्वार्थ पूरा गर्न सत्तारुढ गठबन्धन लागि परेको आरोप पनि लगाए । संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने ओलीको अडान थियो । अध्यक्ष ओलीले मुलुकलाई टुक्रा टुक्रा बनाउने काममा सरकार लागि परेको समेत आरोप लगाए ।