इन्द्रेणी संवाददाता
काठमाडौं, २४ असार । सरकारले बाढीमा परिसर्वस्व गुमाएका बाढीपीडित परिवारहरुलाई जस्ता खरीद गर्न १५ हजार र टहरा निर्माण गर्न १० हजार गरी कूल २५ हजार प्रदान गर्ने भएको छ । शुक्रवार सप्तरीका विभिन्न ठाउँमा वाढीपीडतहरुको अवस्था र स्थलगत अध्ययन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् ।
उनले बाढीमा बेघर भई खेतीपाती नष्ट भएका डुबानपीडितलाई ब्यवसाय गर्न र घर बनाउन १५ लाखसम्म सहुलियत ब्याजमा ऋण पनि उपलब्ध गराउने घोषणा गरे ।
‘मैले यहाँ भनेका विषयहरु तुरुन्त मन्त्रिपरिषदबाट पारित गरी लागु गराउनेछु’, प्रधानमन्त्री देउवाले भने, ‘यसबाहेक बाढी प्रभावित क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य उपचार, स्वच्छ खानेपानीको ब्यवस्था हुने र किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेछु ।’ प्रम देउवाले सरकारले वाढीपीडितका योजनाहरुलाई पहिलो प्राथमिकतामा राख्ने समेत बताए ।
सो कार्यक्रममा सहभाती गृहमन्त्री जनार्दन शर्माले स्थायी सरकार नभएकाले बाढी जस्तो विपद् प्रकोपहरुलाई न्यूनिकरण गर्न दिर्घकालिन योजना बनाउन नसकेको बताए ।