केशरमान बुढाथोकी 

दाङ २३ असार । नेपाली हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदै छ । तीज नजिकिदै गर्दा विभिन्न कलाकारहरु तीज गीत बजारमा ल्याएर यसको रौनक थप्ने गर्दछन । यस्तै तीज गीत थप्ने कलाकारका लिस्टमा थपिएका छन् दाङ तुलसीपुर १५ कोठरीका सुनिल बिसी ।

19832432_1697178280578157_105647508_n

बिसीले यस बर्ष ‘ बारुली कम्मर भाच्ने बनायो ‘ बजारमा ल्याएका छन् । यस अघि झन्डै आधा दर्जन गीत श्रोता र दर्शक माझमा ल्याएर चर्चा कमाएका बिसीले नयाँ गीत ‘ बारुली कम्मर भाच्ने बनायो ‘ ले पनि बजारमा चर्चा पाउने आशा गरेकाछन । सुनिलको नयाँ गीत ‘ बारुली कम्मर भाच्ने बनायो ‘ मा चर्चित दोहोरी गाएक रामजी खाँड र दिपा रोकायाले स्वर दिएकाछन् ।

19849186_1697178303911488_652628654_n

सुनिल बिसीको शब्द र संगित रहेको नयाँ कोसेली तीज गीत ” बारुले कम्मर भाँच्ने बनायो ” मा मोड्लिङ्ग चर्चित मोडल रिना थापा मगर र रोशन बिसीले गरेका छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको कोसेलीको यरेन्जर गोबिन्द मधुरआचार्य र बजार ब्यबस्थापन व वे फिल्मसले गरेको छ ।