दिपक बोहरा

तुलसीपुर , २३ असार । घोराही उपमहानगरापलिका ४ मा रहेको माबि डाडागाउँमा अध्ययनरत छात्रा सृष्ठि आचार्यलाई किताबी ज्ञान मात्रै थियो । अन्य व्यबहारीक शिक्षा लिएकी थिईनन् । जब डिभिजन सहकारी कार्यालय दाङले उक्त बिद्यालयमा एक दिने सहकारी तथा बित्तिय साक्षरता सम्बन्धि प्रशिक्षण दियो ।

कक्षा १० मा अध्ययनरत छात्रा सृष्ठी उक्त प्रशिक्षणमा सहभागी भईन् र धेरै व्यबहारीक कुराको जानकारी दिईन् । उक्त प्रशिक्षणमा सहभागी भएपछि उनलाई लाग्यो,‘ किताबी ज्ञान मात्रै लिएर हुने रहेनछ, व्यबहारीक शिक्षा पनि सिक्नु पर्ने रहेछ ।’ त्यस्तै सोही बिद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र बिजय हमाल पनि सोही प्रशिक्षणमा सहभागी हुने अबशर पाए । प्रशिक्षणमा सहभागी भएको अनुभब संगाल्दै उनले भने‘ किताबी ज्ञान संगसंगै व्यबहारीक शिक्षा पनि आबश्यक पर्ने रहेछ ।’ उनी सहकारी शिक्षाका बारेमा धेरै व्यबहारीक ज्ञान लिने अबशर पाएको बताउछन् ।

सहकारी डिभिजन कार्यालय दाङले आयोजना गरेको ‘ माध्यामिक बिद्यालयमा सहकारी तथा बित्तिय साक्षरता कार्यक्रम’ अन्तरगत सञ्चालन भएको प्रशिक्षणमा त्यस बिद्यालयमा कक्षा ९, १०, ११ मा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभावक गरि करिब ७० जना सहभागी थिए । यो संगै डिभिजन सहकारी कार्यालयले दाङका ९ सहित राप्तीका १२ वटा माध्यामिक बिद्यालयमा सहकारी तथा बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बिद्यार्थीहरुलाई सहकारीका बारेमा जानकरी दिनुका साथै स्वावलम्बी बन्न प्रेरणा दिने उदेश्यले बिद्यालयहरुमा तालिम दिन थालिएको डिभिजन सहकारी कार्यालय दाङका सुचना अधिकारी गोपाल पौडेलले बताए । उनले भने‘ बिद्यार्थीहरुलाई सहकारी सम्बन्धि ज्ञान दिनुका साथै उनीहरुलाई स्वबलम्ब बनाउन तालिमको आयोजना गरिएको हो ।’ ’ उनले थपे ‘ उक्त कार्यक्रमले बिद्यार्थीहरुमा व्यबहारीक शिक्षा पनि दिन्छ ।’

पौडेलका अनुसार दाङको बाघमारे माबि सिमसुन्दरपुर, माबि हेकुली, पसुपति माबि हरिपौरा, माबि मुलावारी, खिम बहादुर शाह माबि कोलही देउखुरी , माबि खाद्रेमा यस अघि कार्यक्रम भईसकेका छन् । भने शुक्रबार घोराही उपमहानगरापलिका ४ गोग्लीमा रहेको माबि डाँडागाउ र राप्ती माबि सतबरिया उचालिम्बुमा कार्यक्रम भएको छ ।

माबि डाँडागाउमा भएको प्रशिक्षणको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । डिभिजन सहकारी कार्यालय दाङका सहकारी निरिक्षक दिपक मज्गैयाको अध्यक्षता तथा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको प्रमुख आतिथ्य एबं बिद्यालयका साहयक प्रधानध्यापक बिष्णु प्रशाद खनालको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अबशरमा बक्ताहरुले बिद्यार्थीहरुलाई सहकारी सम्बन्धि तालिम अपरिहार्य रहेको बताएका थिए । बिद्यार्थीहरुले किताबी ज्ञान मात्रै नभई व्यबहारीक शिक्षा लिनु पर्ने उनीहरुको भनाई थियो । साथै उक्त कार्यक्रमले बिद्यार्थीहरुलाई सहकारी सम्बन्धी ज्ञान दिनुका साथै स्वबलम्ब बनाउन मद्दत पुग्ने बताएका थिए । डिभिजन सहकारी कार्यालय दाङका सहकारी निरिक्षक दिपक मजगैया र सुचना अधिकारी गोपाल पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण सुचना अधिकारी पौडेलले गरेका थिए ।