शरद रेग्मी
दाङ,२२ असार । दाङमा गएराति बिषालु च्याउ खादा एकै परिवारका आठ जना गम्भीर बिरामी भएका छन् । नजिकै रहेको जंगलबाट ल्यएको च्याउ खादा तुलसीपुर १८ हेमन्तपुरका ५० बर्षीय केशर बुढासहित उनका परिवारका आज जना बिरामी परेका हुन् ।
विरामी पर्नेमा बुढाका ८ बर्षीय छोरी निषा, ५ बर्षीय दिपा ४ बर्षीय उत्तमा, बिमला, उर्मीला रहेका छन् । विरमध्ये सातजनाको होस खुलेका छैन । उनीहरुक राप्ती अंचल अस्पतालमा उपचार गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि कोहलपुर पठाइएको छ ।