बाग्लुङ,२२ असार । बाग्लुङ काठेखोला गाउँपालिका, ७ जिरेदीमा बिहीबार जीप दुर्घटना हुँदा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।
रेशबाट बाग्लुङ सदरमुकामका लागि छुटेको ध १ ज १८८ नम्बरको जीप दुर्घटना हुँदा काठेखोला गाउँपालिका–७ का २५ वर्षका लालबहादुर थापा र ८ वर्षका दिपक कार्कीको ज्यान गएको हो । दुर्घटनामा परेका चार जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटना परेका काठेखोला गाउँपालिका–७ का ३५ वर्षकी पार्वती कार्की, २५ वर्षका सुमन थापा, ३७ वर्षका प्रेमबहादुर थापा, ३० वर्षका गाडी चालक रोशन कार्कीको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
रेशको जिरेदी भिरबाट जीप खस्दा बालकको घटनास्थलमै र थापाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । उज्यालो अनलाइनबाट