govinda

गोविन्द खड्का
निकै चल्तीको शब्द अन्तर्घात भएको छ । स्थानिय तहको मत परिणाम सार्वजनिक संगै यो शब्दको भाउ बढेको हो । त्यसमा पनि संसदको पहिलो पार्टी कांग्रेसीजनमा यसले निकै महत्व पाएको छ ।

अव अन्तर्घातको कुरा छ । पहिलो संविधान सभा माओवादिले, दोश्रो नेपाली कांग्रेशले र अहिलेको चुनाव एमालेले जीत हासिल ग¥यो । शान्तिकाल पछिको यति समयलाई मात्रै हेर्ने हो भने पनि कोहि आत्तीनु पर्दैन । यो जनताको जनमत हो । जनादेशलाई अपमान गर्नेहरुले अन्तर्घात शब्द प्रयोग गरेका छन् । जुन स्तरको नेता भएपनि पहिला उ जनता हो । जुनसुकैपार्टिमा प्रबेश गर्ने अधिकार छ । चुनाव लड्ने स्वतन्त्रता छ । सबै पद त्यागेर छुपुक्कै बस्न पाउ“छ ।

चुनाव नजिक नजिक आउँदा माहौल माओवादिमा ह्वात्तै बढ्यो भन्ने थियो । मान्छेहरुले कारण के हो भन्थे । माओवादिका केन्द्रिय नेताहरु आएर बदलिएको तर्क राख्थे । त्यसकै आधारमा जीत्ने आश गरेको धेरै थिए । अन्तत मतदाता नामावली नभएका धेरै जुलुसमा हुरर्रीएका रहेछन् । देखाउनलाई भए । भोट हाल्न पाएनन् । त्यसैले उनिहरुले जनताको जनमत सम्मान गरे । हार लगतै फेसवुक स्टाटस र जीतेकाले सपथ लिदाको दिन पत्रकार सममेलन गरे ।

चुनावको दौडानमा कांग्रेशमा आफ्ना उम्मेद्धारलाई हराउने उपाए खोजी भयो । पाका कांग्रेशहरु समेत दोश्रो प्रतिस्पर्धीको खोजीमा थिए । उनिहरुले नरुलाल चौधरीलाई पाए । भोट दिए । केहिले अन्य सम्वन्धका कारण जीवन गौतमलाई दिए । पढलेख गरेको, केन्द्रमा गतिलो पकड भएको र क्षमतावान व्यक्तिका रुपमा गौतमलाई अर्थ लगाउने धेरै बुद्धिजिवि भेटिए । ‘मेयरमा गौतम अरु जेसुकै गरे’ आफ्ना सहकर्मीलाई मोवाईल मार्फत भन्दैगरेको सुन्न पाईन्थ्यो । यसरी आफ्नो उम्मेद्धार ढाल्न दोश्रो प्रतिस्पर्थि खोज्ने कांग्रेश नेता कार्यकर्तालाई के भन्ने ?

यसको जवाफ खोज्न हार्नुको कारण तिर लाग्नुपर्छ । आफ्नै भोट अन्त गएर कांग्रेशले धेरै ठाउ“हारेको पक्का हो । केहि ठाउँ बागिले पनि ढालि छाडे । आफ्नैले भोट हाल्न मन नपर्ने उम्मेद्धार चुनावमा उठ्ने पनि त सत्य होला नि ? यिनका कारणले हारे भन्नु अघि उनिहरुको चित्त दुखाउने काम के गरे ? आफैलाई सोध्नुपर्दैन । यसको जवाफ नै अन्तर्घात शब्दको गलत प्रयोग हो ।

अहिलेको चुनाव स्थानिय तहको हो । राजाकालीन संसदिय व्यवस्था होईन । एउटा व्यक्तिको अधिनमा रहेर यसले सत्ता चलाउदैन । देश संघियतामा गएको छ । निर्णायक शक्ति निकाएहरु भएका छन् । आत्मनिर्णयको अधिकार छ । वडा वा पालिकाको उम्मेद्धारीमा विवाद आए मतदान बाट संवन्धित तहमै टुंग्याउनेलाई प्रजातन्त्र हो । आफुलाई प्रजातन्त्रीक भन्न रुचाउनेले वडा अध्यक्ष पनि केन्द्रको निगाह खोज्नु लाजमर्दो भयो । त्यसले एक पक्षिय बनायो । एउटा समुहले टिकट पायो । अर्को रुष्ट भयो । पहुच वालाको पटक पटक अबसर आयो । ईमान्दारले कहिल्यै मौका पाईन । सधै अरुलाई सहयोग गर्नेमा प¥यो । बाचुन्जेल सम्म भरीया भएको महशुस ग¥यो । उसले आफ्नो असहमतिमा छनौट भएको उम्मेद्धरलाई मत दिएन । बरु हराउन उचित ठान्यो । आत्म सन्तुष्तिका लागि पनि हराउनु थियो । हरायो यो अन्तर्घात होईन । तिनले चुनकावमा सकृयता नदेखाउने वित्तीकै बुझ्नुपर्दथ्यो भोट आन्न, मौन विद्रोह भयो ।

हार्नुको कारण अरुलाई सिकाएर उम्कीन खोज्ने धेरै देखिए । माओवादि केन्द्रको घोराही १२ पहिलो वडा हुनुपर्छ, जसले मैले भन्दा तपाईको राम्रो छ भनेर मुनिको व्यक्तिलाई उम्मेद्धारी दिन लगायो । राजु कान्छा आफु सदस्य रहे राजेन्द्र बुढालाई अध्यक्ष बनाए । आफुले राखेको सदस्य पद पनि हारे । सायद म ठुलो नेता हु मैले पाउनु पर्छ भनेको भए अध्यक्ष पद माओवादिले गुमाउथ्यो ।

यसतै घोराही १८ मा माओवादिले घाटा सहयो । युद्ध लडेको पाको व्यक्तिको सम्मान श्वरुप जंग रोेकालाई छोड्न मनाईयो । अन्तमा पार्टिले गरेको सम्मान र न्याएले पुगेन चुनाव हारे । जंगले निर्वाचित वडा अध्यक्ष भन्दा बढि मत ल्याई चुनाव जितेर देखाईदिए । अध्यक्ष पद दिएको भए पनि जित्थे भन्ने पुष्टि गरे । यस्ता केहि समस्या बाहेक माओवादिमा बाहिर छता छुल्ल भएन । केहि मा नेताहरुको जोड बलले काम गरेन । त्यसैले अनपेक्ष्ँित परिणाम व्यहारेन । हारेपनि मेयर उपमेयर लगाएत वडाका अध्यक्षहरुले ल्याएको मत अपेक्षा गरेभन्दा राम्रो हो ।

एमालेको विवादको कुरा झन् कतै चुहिएन । उम्मेद्धारी मनोनोयनका दिन सबै भन्दा कमजोर शक्ति एमालेको थियो । मेयर उपमेयर एउटा सानो समुह संग थिए । वडाहरु आ आफ्नै ढैगले मनोनोयन दर्ता गराए । सबै भन्दा धेरै जनमास माओवादिले देखायो । कांग्रेशका मेयर पदका उम्मेद्धार भुप बहादुर डागिलाई प्रहरीले मेयरको दर्जाको सम्मान दिएर नगरपालिका लगेको थियो । त्यसले व्याख्या गर्नेलाई सजिलो बनायो तर परिणाम उल्टो आयो । प्रदर्शन कमजोर गर्नेले मत बढि ल्यायो । नाराजुलुस गरेर मात्रै चुनावमा भोट आउदैन्थ्यो ।

पैसा बाँड्ने कुरा निकै व्यापकता पायो । व्यवहार तः सजिलो थिएन । केहि ठाउँमा लखेटा लखट चल्यो । पैसा सोझै बाड्दा बाहिर आउने भएपछि खाम दिने भन्ने पनि चल्यो । कसले कति दियो थाह भएन । चामल, तेल बाड्ने कुरा पनि थिए । मासु भातका हल्ला चले । अब उम्मेद्धारले देखाउने ऋणको लिष्टबाट वा उनिहरुले बेच्ने घर जग्गा बाट बाडे नबाडेको पुष्टि होला ।

तर चुनाव जित्ने क्रममा मतदाताको चहना अनुसारका भएगरेका गतिविधि गलत मान्न सकिन्न । खसी काट्ने, कुखुराकाटने, चामल तेल बाड्ने, धोति फरीया वितरण गर्ने कुरा ईन्कारर्न सकिन्न । भोट किनेर चुनाव जित्ने नेताहरुको परम्परागत शैली हो । त्यसलाई असफल बनाउने जनताको जागरुकता हो । भ्रष्टचार गर्ने वातावरण बनाउन हुन्न सेवक चाहिन्छ भन्नेमा जनता पुगेका छन् । नेता भन्दा जनता अघि छन् भन्ने सबक सिकाएका छन् । यसपटक भोट किनेर जितेको उम्मेद्धार टक्राउन कसैले नसक्ला । हार्नेले आरोप लाएकोलाई पत्याउन सकिन्न । जो सबै भन्दा धेरै मतदाता संग थियो । त्यसैले जितेको छ । जसले आफ्ना कुरा सुन्छ। पत्याउछ मलाई चिनेको छ भनने महशुस गरे उसैले चुनाव जितेको छ । केहि अपवाद छन् बजारमा बैठक बसेर भत्ता खाने, जागिर खाने र गाउमा गएर चुनाव जित्ने । यता बजारमा पनि ठुलो मान्छे दरीने उता जन्तालाई पनि भुलाएर चुनाव जित्ने कोहि छैन । अबका दिनमा त्यसो गर्न मतदाताले दिने छैनन् भन्ने पनि चुनावले देखाएको छ ।

जिल्ला वा केन्द्र स्तरको नेतालाई आफुलाई भोट हाल्ने वातावरण नदिनु पनि उम्मेद्धारको कमजोरी हो । उसलाई मनाउन वा रिझाउन नजान्नु असक्षमता हो । त्यसले असफलता तिर लग्यो । आफुलाई प्रजातान्त्रीक समाजवाद भन्न रुचाउने नेपाली कांग्रेशले उम्मेद्धर केन्द्र बाट ल्याउन मिल्छ ? वडा अध्यक्ष छान्न समेत केन्द्र धाउने, जिल्लाका एकथरी शक्ति केन्द्र रिझाउने कुनै प्रजातन्त्र हो ? वडा अध्यक्ष र सदस्य छान्न वडा समितिको बैठक बसेर सहमति वा मतदानवाट टुंगिनु पर्दथ्यो ।

एबं तरीकाले गाउँ, नगर, उपमहानगर महानगर सजिलै टुंगिन्थ्यो । सकभर सहमति हुन्थ्यो । त्यसो हुन नसके प्रजातान्त्रीक प्रकृया थियो कार्यकर्ताविच चुनाव हुन्थ्यो । आफ्नै कार्यकर्ताले हराएको व्यक्ति जनताबाट निर्वाचित हुन सक्दैन्थ्यो । उसले जितेको उम्मेद्धारको पक्षमा प्रचार गरेर आफ्नो पार्टिलाई जिताउन सक्थ्यो । त्यसो नगरी अनेकौ तिकडम गरेर जसरी टिकट हत्याउने, प्रचार गर्ने समय सकिएपछि टिकट ल्याउने काम भयो त्यो गलत थियो । त्यहि कारणले कांग्रेशले हारेको हो । लाज पचाउन अन्तर्घात भनियो । त्यसरी भन्ने हो भने जनमतको अपमान हुन्छ । मतदाता झनै टाढिन सक्छन् ।