इन्द्रेणी संवाददाता
दाङ, २६ जेठ
दाङ यातायात सेवा प्रालिले आफ्ना सबै वसहरु राप्ती अञ्चल सार्वजनिक यातायात समितिमा प्रवेश गराएको छ । सञ्चालनको छोटो अवधिमै अप्ठेरो स्थिति सृजना भएपछि समितिले वसहरु प्रवेश मात्रै नगराइ प्रालि नै बैद्यानिक रुपमा खारेज गरेको छ । यही जेठ २० गते दाङ प्रालिका सातवटा वसहरु राप्ती समितिमा भित्रिएका हुन ।
ति वसहरु राप्ती समितिकै नामवाट सञ्चालनमा आइसकेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सहसचिव शिवहरी गौतमले जानकारी दिनुभयो । तर राप्ती समितिले प्रालिका दुईवटा पुराना वसहरु भने प्रवेश नदिएको सहसचिव गौतमले जानकारी दिनुभयो ।
प्रवेश नदिएका प्रालिका ती दुई वटा पुराना वसहरु हाल त्यतिकै पार्किङ गरी राखिएका छन् । ०७२ फागुन ११ देखि दाङ काठमान्डौंमा सेवा सुरु गरको प्रालिले त्यसको एक सय दिन नबिप्दै वसहरु राप्ती समितिमा प्रवेश गराएको हो । यस्तै राप्ती समितिमा मालिका –कालिका प्रालिका दुई वटा वसहरु पनि प्रवेश गरिसकेका छन् ।
सहसचिव गौतमका अनुसार मालिका कालिका प्रालिबाट ना ६ ख ९२४ र ना ६ ख १६६३ नम्वरका वसहरु राप्ती समितिमा प्रवेश गरेर सञ्चालन हुँदै आएका छन् । यातायात व्यवस्था विभागले आफना मातहतमा रहेका सबै यातायात प्रदायक संस्थाहरुलाई कम्पनीको नाममा रुट इजाजत लिई सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको थियो ।।
