इन्द्रेणी संवाददाता
तुलसीपुर ,जेठ २६
तुलसीपुर नगरपालीकाले विभिन्न वडामा सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ । सव ईन्जिनियर धुर्व केसीको नेतृत्वमा गएको टोलीले तुलसीपुर नगरपालिका १५, १६ र १७ नम्वर वडामा सम्पन्न भएका विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।
टोलीले २ लाख १२ हजार ५ सयको लागतमा सम्पन्न भएको तुलसीपुर १५ रानीघाट देखि मोहोनपुर हुदै चमेरे गुफा जोड्ने १ किलोमीटर सडकको ग्रावेल, नाला कटीङ र ह्युम पाइप, ३ लाख १२ हजार ५ सयको लागतमा मर्मत भएको ग्याङटे कुलोको अनुगमन गरेको हो ।
त्यस्तै तुलसीपुर १५ को सुन्दर वस्तिमा ४ लाख ५ हजार ७ सय ५० रुपैयाँको लागतमा निमार्ण भएको कल्वर्ट, वडा नं. १७ को तल्लो हलवार देखि पातीहाल्ने र ६ लाख २५ हजारको लागतमा थम्मन चौतारी सम्मको ७ सय ५० मिटर बाटोको कटीङ र ग्रावेल लगायतका योजनाको अनुगमन गरेको छ ।
यसैगरी, टोलीले खाल्डेपानी टोल देखि वलखेल्ने चौरहुँदै डाडाँटोलसम्म जोड्ने सडक, तल्लो वनहरी देखी माथील्लो वनहरी जोड्ने बाटोको पनि अनुगमन गरेको छ । टोलीमा नेकपा माओवादी केन्द्रका क्षेत्रीय ईन्चार्ज प्रेमराज वली, राप्रपा नेपालका तुलसीपुर नगर अध्यक्ष लाल वहादुर केसी र पत्रकार वसन्त पौडेल लगायतको सहभागीता रहेको थियो ।।