गोविन्द खड्का
घोराही, १९ असार । कवाड स्टोर रहेका घोराही उपमहानगरपालिका क्षेत्रका वासिन्दाले हटाउने आवाज उठाएका छन् । उनिहरुले कवाडले फोहर संकलन गरेको बताए । व्यवस्थानपन नगरेमा शहर कुरुपहुने भनाई छ ।
धुम्रपान निशेष सुचना टास गरेर व्यवसाय चलाएका घोराही १४ त्रिपुरा टोलका श्रीराम डेरीका घनश्याम पौडेल नजिकैको कवाडले वाक्क दिक्क छन् । त्यसको व्यवस्थापन नहुदा सम्म आफुलाई व्यवसाय गर्न कठिन रहेको बताए । सा“झ र विहान चिया प्युन आउनेलाई मच्छडले टिक्नै दिदैनन् । त्यसरी मच्छडको हुल बढ्नुको कारण नजिकै रहेको कवाडको थुप्रो हो ।
त्यस संगै कुनै वखत गन्ध पनी आउने गर्छ । भने ठुला गाडि लोड गर्ने समयमा कचेराहरु सडकमै छुट्छन् । शिसाका तिखा धारीला टुक्राले पैदल यात्रुलाई समस्या पार्ने खतरा छ । बच्चाहरुलाई जोगाउन मुश्किल । त्यस संगै कवाड व्यवसायीले गर्ने हल्ला खल्लाले धवनी प्रदुशन पनि बनाउछ । जता बाट हेर्दा पनि कवाड व्यवसाय बजार र घना बस्तिमा राख्नु अनुपयुक्त छ ।
टोलविकास संस्थाले पनि कवाड व्यवसाय व्यवस्थापनको पहल थालेको छ । त्रिपुरा टोलका पुर्व अध्यक्ष विना खनालका अनुसार कसैलाई पनि रुचेको छैन । तर, अहिल्यै उठ्नुपर्छ भनेर भगाउन पनि सकिन्न । नेपाल सरकारलाई कर तिरेर, जिल्ला समन्वय समितिमा दर्ता भएर उनिहरुले व्यवसाय गर्छन् । तर स्थानिय आवश्यकता र स्विकृतिलाई आधार मान्नेहो भने राख्न सकिन्न ।
‘हटाउनुपर्छ भन्ने कुरा त उठ्छ’ टोलविकास संस्थाका सल्लाहकार समेत रहनुभएका खनालले भन्नुभयो, ‘फोहर पनि भा छ । बजार बाहीर खाली ठा“उमा राख्ने हो । जति भनेपनि मान्दैनन् ।’ उहाकाक अनुसार टोलवासीले पटक पटक भन्या भन्यौ छन् । बिकल्प दिने उपमहानगर पालिकाले हो । त्यसले सहि व्यवहार गरेको छैन । टोलवासी संग एउटा र कवाड व्यवसायी संग अर्को व्यवहार गरेर अलमल बनाएको छ । चाडै एउटै निति बनाएर हल गर्नुपर्छ ।
व्यवसायीहरु भाडा तिरेर बसेका हुन् । उनिहरुले ल्याएको जमिनमा संकलन गर्नमात्रै पुग्छ । लोड गर्ने ठुला गाडिहरु पस्दैनन् । बाहिर ल्याएर खन्याउने हो । गाडि भित्र जान्न । लोड अनलोड गर्दा बाहीर ल्याउने समस्या छ । टुक्रा खसाल्नु वाद्यता छ । सबै मिलेर व्यवस्थापन गर्नुभने अनिवार्य देखिन्छ ।
अन्य टोलहरुबाट पनि यस्ता समस्या आएको वडा सरसफाइ समितिका संयोजक शक्तिराम डागिको भनाई छ । सबैको आवाज मानव चहलपहल कम हुने एकै ठाउमा केन्द्रित गर्ने भन्ने छ । ‘यो समस्या जोडदारले उठेको छ’ संयोजक डागिले भन्नुभयो, ‘सबै संग सल्लाह गरेर समाधान गर्नुपर्ने छ । ’ उहा“का अनुसार चुनावी माहौल मत्थर भएपछि समस्याहरुमा केन्द्रीत हुने छ । शहरलाई सुन्दर श्वरुप वाट विगार्ने र वासिन्दालाई अफ्ठेरो खडा गर्ने सबै समस्या हल हुन्छन् ।
यो समस्या बाट घोराही उपमहानगरपालिका पनि टाढा छैन । नगरवासीको गुणासो पुगिसकेको छ । त्यसलाई सम्वोधन गर्न पनि उपमहानगरपालिका तयार देखिएको छ । ‘चाहिने लैजान्छ । नचाहिने जलाउछ । त्यसले दमका रोग बढाएको छ’ घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले भन्नुभयो, ‘कवाडी सहितको फोहर व्यवस्थापन बारे सोचिरहेका छौ“ ।’
उहाले अस्पताल, निजि विद्यालय, होटलहरु सबै तिरको फोहर कसरी व्यवस्थापन गर्ने भन्ने सोचिरहेको जानकारी दिनुभयो । स्थानियले सर्प, भ्यागुता, मच्छड, गन्ध, कचेरा लगाएत मानवीय श्वाथ्यमा हानी नोक्सानी हुने गलत कुरा केन्द्रित भएको गुणासो गरेका छन् । बस्ति बाट काम नलाग्ने कुरा उठाएर ल्याउने, थुपार्दा झन विग्रेका बस्तु फ्याक्ने स्थल कवाडी संकलन क्षेत्र बनेको छ । त्यसको व्यवस्थापन शहर सुन्दरताको सुचक हो ।
