इन्द्रेणी संवाददाता
दाङ, १५ असार । दाङको दंगीशरण गाउँपालिका वडा नं. १ मा नेकपा एमालेका श्रीप्रसाद चौधरी विजयी भएका छन् । उनी ३५७ मत ल्याए विजयी भएका हुन् ।
सँगै एमालेको प्यानलै विजयी भएको छ । महिला सदस्यमा नन्दा वस्नेत, दलित सदस्यमा अमृत विक, खुल्ला सदस्यमा उमेश चौधरी र जानकी चौधरी विजयी भएका छन् ।
त्यस्तै बंगलाचुली गाउँपालिका वडा नं. १ मा कांग्रेसका पदम केसीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका सन्तराम भण्डारीलाई एक सय मत अन्तरले पराजित गरी केसी विजयी भएका हुन् । विजयी केसीले ३ सय ५४ मत प्राप्त गरेका छन् भने भण्डारीले २ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यहरुमा चन्द्रकुमार घर्ती र माधिका कँवर विजयी भएका छन् । कुल मतदाता १ हजार ३ सय ६९ रहेको यस वडामा ९ सय ४३ मत खसेको थियो ।