रोल्पा, १५ असार । रोल्पामा काग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका १ मा काँग्रेसको प्यानल विजयी भएर खाता खोलेको हो । उक्त वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत प्राप्त गरे ।
