इन्द्रेणी संवाददाता
दाङ, १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनाको अहिलेसम्मको नतिजामा दाङका दुइवटै उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । घोराहीको उपमहानगरपालिका एमालेका मयेर पदका उम्मेदवार नरुलाल चौधरीले ४४५ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

nothumbnailनेपाली काग्रेसका मेयरका उम्मेदवार भुपबहादुर डाँगीले १३२ मत, माओवादी केन्द्रका जीवन गौतमले २१ र राप्रपाका उम्मेदवार भोलानाथ योगीले अहिलेसम्म एक मत ल्याएका छन् ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले ११८ मत ल्याएर अग्रता लिएका छन् भने नेपाली काग्रेसका गेहेन्द्र गिरीले ७७, माओवादी केन्द्रका सेशुराम भण्डारीले ९ र राप्रपाका लालबहादुर केसीले ३ मत प्राप्त गरेका छन् । दुवै उपमहानगरपालिकामा मतगणन जारी रहेको छ ।