इन्द्रेणी संवाददाता
दाङ, १४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका–८ मा पर्ने अम्बास मतदान केन्द्रमा मतदान हँदै गर्दा मतदान केन्द्रलार्इ लक्षित गरेर प्रहार गरेको सुतली वम टिपेर फाल्ने हवल्दार दुर्गाबहादुर रानालार्इ गृहमन्त्री जनार्दन शर्माले फोन गरेर धन्यबाद दिएका छन् ।
मतदान केन्द्रमा प्रहार गरेको वम हातले टिपेर केन्द्रभन्दा वाहिर फालेर केन्द्र र मतदाताहरुलाई क्षति हुनबाट जोगाएर सहासिक कार्य गरेको भन्दै गृहमन्त्रीले रानालार्इ धन्यवाद दिएका हुन् ।
गृहमन्त्री शर्माले रानालाई पुरस्कृत गर्ने आश्वासन समेत दिएको बताइएको छ । बुधवार दिउसो अज्ञात समूहले मतदान केन्द्रमा लक्षित गरी फालेको बम प्रहरी हवल्दार रानाले भूँइमा नखस्दै हातले समातेर मतदान केन्द्र भन्दा बाहिर फालिदिएका थिए ।











