इलाम, १४ असार । रोङ गाउँपालिकाको कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको ज्यान गएको छ ।
मतदान केन्द्रमा मतदान गरी फर्कंदै गर्दा बाटोमा एक्कासी बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइए पनि उनको त्यही मृत्यु भएको हो । आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बेहोस भएका थिए।