इन्द्रेणी संवाददाता
दाङ, १५ असार । स्थानीय तहको निर्वाचनको परिणाम आउन थालेको छ । दाङको दश तहमध्ये ६ स्थानमा मतगणना शुरु भएको छ ।

DSCN1309दाङको राप्ती गाउँपालिका, दंगीशरण गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, वंगालाचुली गाउँपालिका र राजपुर गाउँपालिकामा शुरु भएको छ । यी गाउँपालिकामा गएरातिबाट मतगणन शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यी स्थानमध्ये ३ स्थानमा माओवादी केन्द्र, २ स्थानमा काग्रेस र एक स्थानमा  एमालेको अग्रता रहेको छ ।