mahara-rolpa

इन्द्रेणी संवाददाता
रोल्पा ११ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा नयाँ नेपालको कोसेली बोकेर गृह जिल्ला रोल्पा पुगेका छन् । स्थानिय तह निर्वाचनको पुर्व सन्ध्यामा गृहजिल्लाका जनतालाई आफुले परिकल्पना गरेको नयाँ नेपाल निर्माणको जग खडाभएको संदेश दिन महरा रोल्पा पुगेका हुन् ।

19511147_1619545764723910_4638360552961410274_n

रोल्पाका बिभिन्न स्थानका जनतालाई सम्बोधन गर्दै मन्त्री महराले देश अहिले माओवादीको एजेण्डा बाट चलेको र अब यहि एजेण्डा बाट राष्ट्र सम्बृद्ध बन्ने कुरा बताएका छन् ।

19429868_1619545118057308_4214531612417054306_n

माओवादीले जनयुद्ध सुरु गर्दै गर्दा संबिधानसभा बाट नयाँ संबिधान निर्माण गरि काठमाण्डौ केन्द्रित सिंह दरवार जनताको घर दैलोमा ल्याउने सपना जनतालाई बाँढेको कुरा स्मरण गर्दै महराले जनता संग भने अब तपाइहरुको सरकार आफै चुन्नुस र आफ्नो ठाउँको बिकास आफै गर्नुस ।

19399458_1619545228057297_1614194196543095530_n

19248064_1619545854723901_5638609686459304275_n