आभास बुढाथोकी
घोराही,११ असार । सन्तराम चौधरी (४७) उपमहानगरपालीका–१६ निवासी एक मध्यम वर्गका किसान हुनुहुन्छ । हरेक वर्षको असार महिना शुरु भएता एकहल गोरु र काधमा हलो बोकेर खेतबारीहरुमा व्यस्त देखिने उहाँ यस वर्ष भने खेतमा कुन चाँही राम्रो बाली लगाउँने भन्दा बरु आफ्नो वडामा कुन चाही राम्रो उम्मेदावर चुन्ने भन्नेमा आफुजस्तै थारु समुदायका किसानहरुसंग छलफलमा व्यस्त हुनुहुन्छ ।

दिलकुमार चौधरीलाई पनि थारु समुदायका एक किसान हुनुन्छ । खेतिपातिले न घरखर्च देखी छोराछोरीलाई उच्च शिक्षा पढाउन पुगकोे छ । स्थानिय तहको चुनावलाई उहाँले जनप्रतिनीधी चुन्ने राम्रो अवसरका रुपमा लिनुभएको छ । ‘दुई दशक पछि हामीले जनप्रतिनिधी चुन्ने अधिकार पाएका छौं । कुनै पार्टि हेरर होइन,एक सबल, सक्षम, इमान्दार र असल उम्मेदावरलाई भोट दिएर जिताछौ’–उहाँभन्नुहुन्छ–‘ंहाम्रो थारु समुदाय अहिले निकै हर्षित छ । अबको चुनावमा हामीले चाहे जस्तो उम्मेदावारले जित्ने र हामीजस्तै किसानहरुको हिताका लागी केही हुन्छ भन्नेमा पुर्ण विश्वस्त छौं ।’ यस पटकको चुनावमा थारु समुदायकै उम्मेदावरहरु पनि चुनावमा प्रतिनीधीका रुपमा सहभागी भएको हुदा उनीहरुमा थप हर्ष र उल्लास छाएको छ ।

19243123_1077619582383075_1152427797089281187_o‘अब गाउँको विकास हाम्रो हातमा छ । २० वर्ष पछि यो अधिकार हामीले पाएका छौं’–स्थानिय रमेश चौधरी भन्नहुन्छ–‘चुनाव हाम्रो लागी राम्रो चुन्ने जनप्रतिनीधी मौका हो ।’ आफ्नो मतको दुरप्रयोग नगरी, त्यस्को सही उपयोग गरी एक असल जनप्रतिनीधी चुन्न स्थायिनहरुले बेलाबेला गाउँमा बैठक पनि बस्ने गरेका छन् ।

असार १४ गते हुन गईरहेका दोस्रो चरणको स्थानिय तहको चुनाव नजिकीदै जादा चुनावी महोलले गाउँ र वस्तीमा चुनावी रौनक बढ्ने थालेकोे छ । २० वर्ष पछि हुन गइरहेको स्थानिय तहको चुनावमा आफुले रोजेको र चाहेको जनप्रतिनीधी चुन्नेअवसर पाउदा स्थानियहरुमा निकै हर्ष र उल्लाहस छाएको छ । आफ्नो वडामा राम्रो र सबल उम्मेदावरलाई जिताउन स्थानियहरु नै उम्मेदावरहरुसंगै चुनावी प्रचार प्रसारमासमेत सहभागी भएका छन् ।

19242992_1077619905716376_1650189262013504384_oचुनावलाई उनीहरुले एक पर्वका रुपमा लिएका छन् । प्रत्येक घरका धुरीहरुमा आफ्नो उम्मेदावरको पार्टिका झण्डाहरु लहराएका छन् । पहिले प्राय सुनसान नै रहने सडकहरु यति बेला चुनावी प्रचार प्रसार र घरदैलोमा आएका उम्मेदावरहरुले प्रयोग गरेका सवारी साधानले गर्दा सडकहरु भिडभाड देखिएका छन् । घरदैलो कार्यक्रम,संस्कृर्तीक कार्यक्रमम र प्रचार प्रसारका क्रममा जुञ्जीएका पार्टिका गितहरु गाउँ र बस्तीमा गुञ्जीने गरेका छन् । चुनावी नजिकीदै गएसंगै गाउँ र बस्तीका माहोल नै बद्लीएको छ ।