नवलपरासी, ११ असार । सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको रेयालीमा वम विष्फोट भएको छ । आज आइतवार अज्ञात समूहले र्यालीलाई लक्षित गरेर बम बिस्फोट गराउँदा सात जना घाइते भएका छन् ।

bombघाइतेमध्ये दुईको अवस्था गम्भीर छ । बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । प्रचारप्रसारको अन्तिम दिन सो क्षेत्रमा माओवादीले ठूलो र्यालीको आयोजना गरेको थियो ।