काठमाडौं, ११ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।

nepal armyराष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आइतबार विज्ञप्ति जारी गरी निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति दिएको जनाएका छन्।

चुनावमा सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिएको विज्ञप्तिमा उल्लेख छ ।