ध्रुवराज न्यौपाने
दाङ, ७ असार। गुरु जजुर मावि रक्षाचौरमा आज बुधवार एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोग सामाग्री वितरण गरिएको छ ।
हेल्पिङ हेन्ड्स दाङको आयोजनामा विद्यालयमा अध्ययनरत दृष्टिविहिन करिव २५ जना छात्रछात्रालाई पन्ध्र हजार बराबरको झुल,व्याङ्केट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
संस्थाकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि एवं विद्यालयका निमित्त प्रअ लेबेन्द्र केसीले यसरी आफुले दुख गरी अरुलाई सहयोग गर्ने कार्य एउटा उदाहरणीय काम भएको बताए । उनले हेल्पिङ हेन्ड्स दाङको कार्यलाई प्रशंसा गर्दै विभिन्न ठाऊमा संस्थाले पु¥याएको योगदानको कदर समेत गर्नुभयो । साथै विद्यालयको तर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सहयोग को आवश्यकता परे विद्यालयले सहजै सहयोग गर्ने प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपाने, विद्यालयका दृष्टिविहिन शिक्षक राम बहादुर खड्का, दृष्टिविहिन विद्यार्थीहरु प्रतिमा चौधरी,गणेश गन्धर्व लगायतले बोलका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष शिशिर रावतले राख्नुभएको थियो भने कार्यक्रम र संस्थाको उदेश्य माथि प्रकाश संस्थाका सदस्य शालिकराम गौतमले प्रस्तुत गरेका थिए ।