घोराही, ७ असार । घोराही उपमहानगरपालिकाको वडाहरुमा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र पारेको छ । कांग्रेसको चुनावी कार्यक्रमलाई वुधवार पनि तीव्र बनाएको छ । विहानैदेखी परेको लगातारको वर्षामा पनि उपमहानगरपालिकाका मेयर र उपमेयर पदका उमेद्वारहरु सहित वडाका उमेद्वारहरु चुनावी प्रचारमा छन् ।

19397178_110370209580666_881702823635825660_nवुधवार विहान घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ मा चुनावी कार्यक्रम भएको छ । वडा अध्यक्ष पदका उमेद्वार कमल गौतमको अध्यक्षता एवं सांसद अनिता देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाबासीहरुको बाक्लो सहभागीता रहेको थियो । पानीको झरीमा पनि वडाबासीहरु छाता ओढेर कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा मेयर पदका उमेद्वार भुपबहादुर डाँगी र उपमेयर पदका उमेद्वार पुष्पा श्रेष्ठले जनताको सुखदुखमा साथ दिने पार्टी कांग्रेस भएकाले मत दिएर विजयी बनाउन आग्रह गरेका थिए ।