काठमाडौं, ७ असार । शान्ति मिशनका लागि सुडानमा बन्दोबस्तीका सामान पठाउँदा भ्रष्टाचार गरेको प्रमाणित भएका दुई पूर्वआइजिपीलाई जेल चलान गरिएको छ।
यसरी जेल चलान हुनेमा पूर्वआईजीपी ओमविक्रम राणा र हेमबहादुर गुरुङ रहेका छनु । उनीहरुलाई बुधबार डिल्लीबजार कारागारमा चलान गरिएको छ,।
बुधबारै दुई पूर्वआइजिपीका साथमा पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई पनि जेल चलान गरिएको छ। उनीहरु चारै जनाले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए।
सर्वोच्च अदालतले गत वैशाख १७ गते उनीहरुलाई दोषी ठहर गरेको थियो। पूर्वप्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो भने पूर्वप्रहरी प्रमुखहरू रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरीवाना गर्नुपर्ने फैसला गरेको थियो।